बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच भेटवार्ता हुँदै

काठमाडौं –  नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीविच आज दिउँसो ३ बजे समसामयिक राजनीतिक विषयमा छलफल हुने समय तय भएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आज दिउँसो च्यासलमा भेटवार्ता हुनेछ ।

एमाले पोलिटब्युरो बैठकले शनिबार परिमार्जनसहित पार्टीको विधान मस्यौदालाई अनुमोदन गरेको थियो । सोअघि विधान मस्यौदाबारे सचिवालय बैठकमा छलफल भएको थियो ।

पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान मस्यौदामा उमेर हद ७० वर्ष खारेज गर्ने र दुई कार्यकाल व्यवस्थालाई खारेज गर्ने निर्णय गरेको थियो । पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणको विषय र उहाँको सक्रिय राजनीतिमा आउने विषयलाई लिएर पार्टीको बैठकमा गम्भीर छलफल भएको छ । आगामी केन्द्रीय कार्य समितिको बैठकले सो विषयलाई छलफलसहित अनुमोदन गर्ने नेताहरुको भनाइ छ ।

प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपतिबिच पार्टीको आन्तरिक विषयमा छलफल हुने भएपछि चासोका साथ हेरिएको छ । पूर्व राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय राजकुमार राईले पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने जानकारी दिनुभयो । दुई नेताहरुबिचको भेटले पार्टीको आन्तरिक जीवनमा सकारात्मक सन्देश प्रवाह हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x