आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026

आफ्नो सामर्थ्यअनुसार विकासका कामहरु भैरहेकाे छ – प्रधानमन्त्री केपी शर्मा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामर्थ्यअनुसार विकासका कामहरु गरिरहेको  बताएका छन्।

शुक्रबार काठमाडौँमा नेपाल–चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै उनले आफ्नो सामर्थ्यअनुसार नेपालले विकासका कामहरु अघि बढाइरहेको बताएका हुन्।

उनले नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने बताए।

उनले भने, ‘नेपाल आफ्नो गच्छेअनुसार विकासका काममा अघि बढिरहेको छ। आफ्नो गच्छेअनुसार गति अघि बढाइरहेको छ। मित्रताका लागि गच्छे चाहिँदैन। यसै गर्न सकिन्छ। गच्छेअनुसार पारस्परिक सम्बन्धलाई पनि अघि बढाइरहेको छ। हाम्रो यो सम्बन्ध आगामी दिनमा अझ व्यापक हुँदै जानेछ।’

प्रधानमन्त्री ओलीले नेपाल—चीनबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा कुनै पनि काम गर्न कुनै कसर बाँकी नराख्ने बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x