बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

चिनवाट आयात भएकाे हेलिकप्टर सडकमार्गबाट नेपाल ल्याइयाे

काठमाडौं – नेपालको तातोपानी भन्सार नाकाबाट पहिलोपटक हेलिकप्टर आयात भएको छ। चीनको तियाजिन सहरस्थित एयरबस कम्पनीको उत्पादन रहेको हेलिकप्टर माउन्टेन हेलिकप्टर्स प्रालिले खरिद गरि ल्याएको हो । ४० फुटे टेलरमा राखेर सडकमार्ग हुँदै हेलिकप्टर नेपाल ल्याइएको हो ।

तातोपानी भन्सारका प्रमुख अनिरुद्र थापाका अनुसार यो हेलिकप्टर चीनबाट ट्रान्स सिल्क ट्रान्सपोर्टमार्फत ल्याइएको हो र हाल भन्सार प्रक्रियामा रहेको छ । उक्त हेलिकप्टर बुधबार नेपाली सीमा क्षेत्रमा प्रवेश गरेको र अहिले भन्सार जाँचको प्रक्रियामा रहेको उनको भनाइ छ ।

भन्सार प्रक्रिया पूरा भएपछि हेलिकप्टर एक–दुई दिनमै काठमाडौं उडाइने तयारी गरिएको छ। माउन्टेन हेलिकप्टर्स प्रालिका रामचन्द्र भुसालले सतहमार्ग हुँदै हेलिकप्टर आएको यो पहिलोपटक हो । हेलिकप्टरको भन्सार महसुल करिब चार करोडभन्दा बढी पर्नेछ ।

माउन्टेन हेलिकप्टर्सले चीनबाट पाँच वटा हेलिकप्टर खरिद गरेको छ, जुन सबै तातोपानी नाका भएर क्रमिक रूपमा काठमाडौं ल्याइने तयारी गरिएको छ । पर्यटन प्रयोजनका लागि ल्याइएका यी हेलिकप्टरको प्राविधिक निरीक्षणपछि काठमाडौं उडाउन मिल्ने जनाइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x