बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रास्वपाकाे संसद् भवनभित्रै भुईँमा बसेर विरोध प्रदर्शन

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक सुरू भएको हो । सो बैठक बिहान ११ः०० बजे बोलाए पनि झन्डै २ घन्टा ढिला गरी सुचारू भएको हो ।

तर, आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भने उभिएर बिरोध गरिरहेका छन् । तर, सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाइ समय दिए पनि रास्वपाले भने बेल घेराउ गरिरहेका छन् ।

रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै उनको राजीनामा माग गर्दै संसद् भवनभित्रै भुईँमा बसेर रास्वपाले विरोध गरिरहेको हो । संसद्मा तर, गृहमन्त्री लेखक भने राजीनामा नदिने पक्षमा छन् ।

आजको बैठकमा राष्ट्रियसभावाट उत्पति भएको पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, २०८१ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिने कार्यसुची रहेको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२-८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूचीमा राखिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x