बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काठमाडौं महानगरपालिकामा कार्यपालिका बैठक र नगरसभा डाक्ने तयारी

काठमाडौं – काठमाडौं महानगरपालिकामा लामो समयदेखि रोकिएको कार्यपालिका बैठक र नगरसभा डाक्ने तयारी अघि बढेको छ ।

मेयर बालेन्द्र साहले उपमेयर सुनीता डंगोलसहित तीन दलबाट निर्वाचित वडाध्यक्षहरूसँग गोप्य छलफल गरेका छन् ।

छलफलमा कांग्रेसका वडाध्यक्ष नवीन मानन्धर (१७), एमालेका नवराज पराजुली (३२) र एकीकृत समाजवादीका ईश्वरमान डंगोल (१५) सहभागी थिए ।

बैठकमा सहकार्य गर्दै अघि बढ्ने प्रस्ताव मेयर बालेनले राखेको स्रोतको भनाइ छ ।

कार्यपालिका बैठक र नगरसभा चाँडै बोलाउने तयारीसहित एजेन्डा तय गर्ने विषयमा पनि छलफल भएको छ ।

पुस १४ यता कार्यपालिका बैठक बस्न नसकेको महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा विवाद भएपछि स्थिति जटिल बनेको थियो ।

गुरागाईंलाई निलम्बन गरेपछि उपमेयरसहित अधिकांश जनप्रतिनिधि बालेनविरुद्ध उभिएका थिए ।

सन् संवादहीनता अन्त्य गर्दै करिब ४ घन्टा चलेको छलफलपछि मेयर बालेन र उपमेयर डंगोलबीच छुट्टै वार्ता पनि भएको छ । झन्डै अढाई महिनापछि उनीहरूबीच संवाद भएको हो ।

गुरागाईंको कार्यालय फिर्तीमा उपमेयरको सक्रियतापछि बालेन असन्तुष्ट भएका थिए र हालसम्म उनीसँग संवाद कायम छैन । यसले कार्यपालिका सञ्चालनमा अवरोध आएको थियो ।

तर अब छलफल पुनः सुरू भएकोले आगामी १५ असारसम्म बजेट ल्याउन सकिनेमा जनप्रतिनिधिहरू आशावादी देखिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x