रुस र युक्रेनको बिचमा दोस्रो चरणको शान्ति वार्ता हुने

काठमाडौँ । टर्कीको इस्तानबुलमा रुस र युक्रेनको बिचमा दोस्रो चरणको शान्ति वार्ता हुने भएको छ । आइतबार राति युक्रेनले रुसी एयरबसहरूलाई निशाना बनाएर व्यापक ड्रोन हमला गरेपछि यो शान्ति वार्ता हुनेमा आशङ्का गरिएको थियो । तर, सोमबार दुई पक्षबिच वार्ता हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् ।
दुई पक्षबिच गहिरो मतभेदका बिचमा ट्रम्पले वार्ताबाट टाढिने घुर्की देखाएका थिए । वार्ता सुरु हुनु अघि आफूहरूले युक्रेनबाट शान्ति सम्झौताको मस्यौदा प्राप्त गरेको रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर जेलेन्स्कीले भनेका छन् ।
युक्रेनले रुसी मस्यौदा पाएको पाएन भन्ने थाहा हुन सकेको छैन । शान्ति वार्तामा युक्रेनी टोलीको प्रतिनिधित्व युक्रेनी रक्षा मन्त्री रुतम उमेरोभले गरिरहेका छन् ।
मे १६ मा इस्तानबुलमा भएको पहिलो चरणको वार्तामा दुवै पक्षले हजार भन्दा धेरै बन्दीहरूलाई साटासाट गरेका थिए । तर त्यतिबेला शान्ति वा युद्ध विरामको कुनै सङ्केत पाइएन ।
जुन १ मा युक्रेनले रुस भित्र ४००० किलोमिटर भित्र प्रवेश गरेर आक्रमण गरेको थियो । यी आक्रमणहरूमा रुसका ५ प्रमुख एयरबेस, बेलाया, डायगिलेभो, इभानोभो, ओलेन्या र अन्य ध्वस्त पारिएको थियो ।
युक्रेनले गरेको मिसाइल आक्रमणमा रुसका ४१ वटा लामो दूरीका बमवर्षकहरू नष्ट भएको खबर आएका थिए ।
WRITE COMMENTS FOR THIS ARTICLE