बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ।

आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्‍को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

त्ययताका संसद् बैठकमा नीति तथा कार्यक्रममाथि निरन्तर छलफल चलिरहेको छ। आज पनि बोल्न बाँकी सदस्यले सुरुमा नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने कार्यसूची छ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सम्बोधनपछि सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त सांसदहरुका संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।

त्यसलगत्तै सभामुखले सरकारको नीति तथा कार्यक्रमलाई संसद् बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछन्। नीति तथा कार्यक्रममा समर्थन जनाउन कांग्रेस, एमालेसहितका सत्तारुढ दलले आफ्ना सांसदलाई ह्विप जारी गरिसकेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x