शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

आज उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं : सत्तारुढ दल नेकपा एमाले र नेपाली कांगेस सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दैछ । सत्ता साझेदार दल कांग्रेसकै महामन्त्री गगनकुमार थापालगायत नेताले नै सरकारको आलोचना गरिरहेका बेला आज साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको हो ।

यसअघि हिजो (मंगलबार) बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । त्यस दिन दुई नेताबीच सरकारका कामकारबाही प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । साथै उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने निर्णय पनि भएको थियो ।

उच्चस्तरीय संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्। कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x