बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

पाथीभरा क्षेत्रमा संविधानअनुसार नै केबलकार निर्माण भइरहेको हाे -योगेश भट्टराई

काठमाडौं, – एमाले सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा कानुन र संविधानअनुसार नै केबलकार निर्माण भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा उनले पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको विरोधमा भइरहेका गतिविधिबारे आपत्ति जनाए ।

ताप्लेजुङका सांसद भट्टराईले कानूनअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको कुरा बिर्सन नहुने बताए । ‘नेपालको ऐन कानूनको व्यवस्थाअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको हामीले बिर्सनु हुँदैन । त्यस आधारमै काम अगाडि बढाएको हो’, उनले भने, ‘विरोध गर्ने अधिकार सबैलाई हुन्छ । तर, सीमा हुन्छ । सभ्य र शान्तिपूर्ण ढंगले विरोधका शैलीलाई अघि बढाउनुपर्छ ।’

उनले धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन थाल्यो भने विवाद निम्त्याउने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x