शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

बार निर्वाचनमा श्रेष्ठभन्दा मिश्र करिब दोब्बर मतले अघि

नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

पछिल्लो नतिजाअनुसार सत्ता समीकरण निकटका उम्मेदवार विजयप्रसाद मिश्रले करिब दोब्बर मतले अग्रता लिएका छन् ।

अद्यावधिक विवरण अनुसार मिश्रले १२९५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी रमणकुमार श्रेष्ठले ६८२ मत प्राप्त गरेका छन् ।​​

यसैगरी, अध्यक्षका अन्य उम्मेदवार राजु कैतीले ६, आशिष पौडेलले ११ र उज्वल घिमिरेले ३ मत पाएका छन् ।

यस्तै, उपाध्यक्षमा पदमप्रसाद लिम्बूले १३८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कर्णबहादुर राईले ५५८ मत ल्याएका छन् ।​

अर्को उपाध्यक्षमा अजय शंकर झाले १३८५ मत पाएका छन् भने प्रमोद प्रसादले ५३९ मत पाएका छन् ।

२७औं केन्द्रीय कार्यसमितिको २५ सदस्यका लागि ५७ जना चुनावी मैदानमा छन् । कार्यसमिति चयन गर्न ९ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । ​

बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x