शुक्रबार, बैशाख ५, २०८२
Friday, April 18, 2025

प्रमुख तीन दलको बैठक बस्दै

काठमाडौं :- प्रमुख तीन दलका शीर्ष नेता आज (चैत ११) छलफलमा जुट्ने भएका छन् । सत्तासाझेदार दुई र प्रमुख प्रतिपक्ष दलका नेताबीच बैठक हुन लागेको हो ।

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल तय गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बैठक बस्ने सूचना प्राप्त भएको प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जानकारी दिए ।

बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गरिनेछ । सत्ता र प्रतिपक्ष दुवै उक्त विषय टुंग्याउन अग्रसर देखिन्छन् । समसामयिक राजनीतिक विषयमा पनि छलफल हुन सक्ने अनुमान छ ।

यही चैत ७ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायका बाँकी काम टुंग्याउन प्रचण्डसँग सम्पर्कको प्रयास भइरहेको बताएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x