झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन-गणेश कार्की रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले सरकारको आलोचना गरेका छन् ।
संसद छलेर अध्यादेश ल्याएपछि कार्कीले आफ्नै दलकै सरकारको आलोचना गरेका हुन् । झन्डै दुई तिहाईको सरकारले अध्यादेश ल्याउनु बहादुर नभएको उनको टिप्पणी छ ।
‘झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन’, उनले भनेका छन् ।
अध्यादेश सधैं संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै आउने बताउँदै उनले संविधानको मर्मको भने पालना नभएको बताएका छन् ।
उनले हालका विपक्षी दलले यसअघि अध्यादेश ल्याउँदा आफूले प्रश्न उठाएको स्मरण गर्दै अहिले आफ्नै सरकार हुँदा पनि ती प्रश्नहरु उठाइरहेको बताएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE