क्यानडाको रोजगारी मन्त्रीको एयर हडताल अन्त्य गर्न आदेश
क्यानडाको रोजगारी मन्त्री प्याटी हेज्दूको निर्देशनपछि क्यानडेली औद्योगिक सम्बन्ध समिति (सिआइआरबि ) ले एयर क्यानडाको हडताल अन्त्य गर्न आदेश दिएको छ।
यो आदेशसँगै एयर क्यानडाले आइतबारदेखि आफ्ना सबै उडानहरू फेरि सुरु गर्ने योजना बनाएको छ। यस हडतालका कारण ७०० भन्दा बढी उडानहरू रद्ध भएका थिए।

सिआइआरबिको निर्देशनअनुसार, एयर क्यानडाले आफ्नो सेवाहरू पुनः सुरु गर्नेछ । र , सबै एयर क्यानडा र एयर क्यानडा रुजका उडान कर्मचारीहरूलाई दिउँसो २ बजेसम्म (स्थानीय समय) आ-आफ्नो काममा फर्कन भनिएको छ।
सिएनएनका अनुसार यो हडताल सन् १९८५ यता पहिलोपटक भएको हो । हजारौं उडान कर्मचारीहरू नयाँ सम्झौताको माग गर्दै काम छाडेर हिँडेका थिए। महिनौँको वार्ता सफल नभएपछि उनीहरूले हडताल गरेका थिए। जसको कारण धेरै यात्रुहरू अलपत्र परेका थिए। सरकारको आदेशले यो समस्या समाधान भएको छ।


WRITE COMMENTS FOR THIS ARTICLE