नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छ-घनश्याम उपाध्याय, अर्थसचिव

काठमाडाैं, – अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमवार काठमाडौँमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले नागरिकको हितका लागि कोषहरूको लगानीलाई उत्पादनशिल क्षेत्रमा लगाउनुपर्ने बताएका हुन् । उनले नेपाल सरकारका प्राथमिकताका क्षेत्रहरुमा कसरी अघि बढाउने भन्नेकुरामा कोषले ध्यान दिनुपर्ने बताए ।
उनले सञ्चयकर्ताको हित सँगसँगै नामअनुसार नागरिकको वचत परिचालन, सामाजिक सुरक्षाका कार्यक्रमहरु अघि बढाउन कोषको प्राथमिकता र लगानीलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरेर मुलुकको समग्र अर्थतन्त्रलाई योगदान दिन जरुरी रहेको बताए ।
नागरिक लगानी कोषका अध्यक्ष डा.सूर्यबहादुर थापाले चालु आ.व.को पुस मसान्तसम्म कोषले सञ्चालनमा रहेका आयोजनाहरूको दुई खर्ब ७३ अर्ब ७२ करोड खुद कोष मौज्दात रहेको बताए । यस अवधिमा दुई खर्ब ६४ करोड ७८ लाख लगानी गरेको अवस्था रहेको बताए । कृषि,पर्यटन, उर्जा र भौतिक पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा आफ्नो लगानी बिस्तर गर्नेतर्फ कोष अग्रसर रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ‘रोजगारी सृजना गर्ने र पूर्वाधार बढाउने कुराहरु आम जनतालाई सन्देश दिनुपर्ने त्यतिकै खाँचो रहेकाे बताउँदै उनले भने- तर हामीसँग भएको कोषहरुको उपयोग गर्न सकिएको छैन् ।’ साथै उनले कोषहरुलाई विकास निर्माण, उत्पादनशिल क्षेत्र र रोजगारी सृजना गर्ने क्षेत्रमा जाने हिसाबले अगाडि जान आग्रह गरे ।
कोषको कार्य सम्पादन वृद्धिका लागि उच्च योगदान गर्न आग्रह गरे । कार्यक्रममा सहभागी वक्ताहरूले आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसकेसम्म देशमा दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिने बताए ।
WRITE COMMENTS FOR THIS ARTICLE