मङ्लबार, साउन १९, २०८३
Tuesday, August 4, 2026

सहकारी कसूर हेर्ने ‘समर्पित इजलास’ गठन गर्न प्रधानन्यायाधीशलाई अनुरोध

काठमाण्डाैं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगी सम्बन्धी मुद्दाको छिटोछरितो ढंगले न्याय निरुपण गर्नका लागि सहकारी कसूर हेर्ने ‘समर्पित इजलास’ गठन गर्न भन्दै सर्वाेच्च अदालतका प्रधानन्यायाधीशलाई प्रतिवेदन पेश गरेको छ ।

सहकारी ठगी सम्बन्धी मुद्दाको चाप बढिरहेकाले मुद्दा फर्छ्यौटका लागि समर्पित इजलास गठन गर्न अनुरोध गरिएको हो ।

मन्त्रालयले समर्पित इजलास गठन गर्नुको आवश्यकता र औचित्यको विषयमा कार्यदल गठन गरेर तयार पारेको प्रतिवेदन प्रधानन्यायाधीशलाई बुझाइएको मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सर्वाेच्च अदालतले २०८२ माघ ११ गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा आवश्यकता अनुसार समर्पित इजलास स्थापना गर्न अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्ने आदेश दिएपछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कार्यदलका सदस्यसहित प्रतिवेदन सर्वाेच्च अदालतका प्रधानन्यायाधीश डा. मनोज शर्मालाई बुझाएका हुन् । कार्यदलको प्रतिवेदनमा सहकारी कसुरलाई सामान्य ठगीको घटनाभन्दा फरक, ठूलो संख्यामा नागरिकको जीवन, सम्पत्ति र मुलुकको वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्धित सामाजिक–आर्थिक अपराधका रूपमा व्याख्या गरिएको छ ।

यस्ता मुद्दाको प्रभावकारी र छिटो सुनुवाइका लागि विशेष प्राथमिकतासहित समर्पित इजलास आवश्यक रहेको निष्कर्ष प्रतिवेदनले निकालेको छ । प्रतिवेदनमा सहकारी ठगीका मुद्दा लामो समयसम्म विचाराधीन रहँदा पीडित बचतकर्ताले आफ्नो बचत फिर्ता पाउन नसक्ने, न्यायमा ढिलाइ हुने तथा दोषीलाई विभिन्न प्रकारका संरक्षण हुने जोखिम बढ्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनमा पीडितलाई समयमै न्याय दिलाउन, सहकारी क्षेत्रप्रतिको जनविश्वास पुन:स्थापित गर्न तथा वित्तीय सुशासन कायम गर्न समर्पित इजलास गठन अपरिहार्य रहेको कार्यदलको निष्कर्ष छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x