बुधबार, चैत्र ५, २०८१
Wednesday, March 19, 2025

प्रभुबैंक गण्डकी प्रदेशद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना

मुस्ताङ, – प्रभुबैंक लि. गण्डकी प्रदेशले घरपझोङ्ग गाउँपालिका, मुस्ताङमा वित्तीय साक्षरता काययक्रमको आयोजना गरेको छ। यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोदगनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्बसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्नु भएकाे बैंकले बिज्ञप्ति मार्फत जानकारी गराएकाे छ।

उक्त कार्यक्रममा नेपाल राष्ट्रबैंकका गभर्नर श्री महाप्रसाद अधिकारी, स्थानीय सरकारका अध्यक्ष, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री गुणाकर भट्ट, निर्देशक श्री मुक्ती सापकोटा, नेपाल राष्ट्रबैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख श्री दीपक राज लामिछाने, प्रभुबैंक गण्डकी प्रदेश प्रमुख श्री राजु राना मगर, प्रभुबैंकका पदाधिकारीहरू, अन्य विशिष्ट व्यक्तिहरू र १२० भन्दा बढी स्थानीय बासिन्दाहरूको उपस्थिती रहेको थियो।

गभर्नर श्री महाप्रसाद अधिकारीले कार्यक्रममा सम्बोधन गदै डिजटल बैंकिङ र अनलाइन वित्तीय सेवाहरूको प्रयोगको महत्त्व र त्यससँग जोडिएका जोखिमहरूबाट बच्ने उपायहरूको बारेमा जानकारी दिए। उनले भने, “डिजटल प्रविधिको उपयोग गर्दा, हामीलाई यसका सम्भावित जोखिमहरू र ठगीका घटनाहरूबाट जोगिन सचेत रहनुपर्छ । हामीले डिजिटल वित्तीय सेवामा सुरक्षित र विवेक पूर्ण निर्णयहरू लिनुपर्ने  आवश्यकता छ।” नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक  गुणाकर भट्टले पनि स्थानीय बासिन्दाहरूसँग बचत, बजेटिङ र लगानीको अवधारणा बारेमा बृहत छलफल गरे । कार्यक्रममा प्रभुबैंकका  गण्डकी प्रदेश प्रमुख राजु राना मगरले डिजटल वित्तीय उपकरणहरूको उपयोग, मोबाइल बैंकिङ, अनलाइन बचत खाता खोल्ने र वित्तीय सुरक्षा विधिहरूको बारेमा विस्तृत जानकारी दिएका दिए।

गाउँपालिकाका अध्यक्ष माेहन सिंह लालचनले यस कार्यक्रमको स्वागत गदैभने, “हाम्रो गाउँपालिकाका नागरिकहरूलाई डिजिटल वित्तीय सेवामा सचेत र सक्षम बनाउने यो कार्यक्रम अत्यन्त  महत्वपूर्ण छ। यसले सबैलाई वित्तीय साक्षरतामा अगाडि बढ्न मद्दत गर्नेछ।”
प्रभुबैंकको यस पहललाई स्थानीय समुदायले स्वागत गर्दै, कार्यक्रमको समयमा धेरैप्रशंसा व्यक्त गरेर यस किसिमको कार्यक्रममा आगामी दिनमा पनि सहभागी हुनेआशा व्यक्त गरे । प्रभुबैंक गण्डकी प्रदेशले स्थानीय समुदायमा वित्तीय साक्षरता बढाउने र डिजटल वित्तीय सेवामा सचेत र सुरक्षित बनाउनेआफ्नो प्रतिबद्धता देखाउँदै यो कार्यक्रमको आयोजना गरेको हो।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x