नेपाली कलासाहित्य डट कम प्रतिष्ठानद्वारा ६ सर्जक सम्मानित एवम् पुरस्कृत

काठमाडौं, – नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विशेष कार्यक्रमको आयोजना गर्दै ६ सर्जकलाई सम्मानित एवम् पुरस्कृत गरेको छ ।
पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रतिष्ठानले संस्कृतिविद् प्रा.डा. वीणा पौड्याललाई ‘राष्ट्रिय कलाश्री सम्मान २०८१’बाट सम्मानित गरेको छ ।
प्रतिष्ठानले ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०८१’ नगद राशि ७५ हजारसहित कवि चन्द्र गुरुङलाई, ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार २०८१’ नगद राशि ६० हजारसहित कलाकार सुनिल सिग्देललाई, बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार २०८१’ नगद राशि ५० हजारसहित पत्रकार बसन्त बस्नेतलाई र पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार २०८१’ नगद राशि ५० हजारसहित गायक कमलीकान्त भेटवाललाई प्रदान गरेकाे छ ।
समारोहका प्रमुख अतिथि कविवर तुलसी दिवसले सम्मानित तथा पुरस्कृतहरूलाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व प्रा.डा. पौड्याल एवम् पुरस्कृत कविहरू श्रेष्ठ र गुरुङले सम्मान तथा पुरस्कारले आफूहरूलाई थप काम गर्न उर्जा मिलेको बताउनुभयो।
सर्जकहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि दिवस, प्रतिष्ठानकी अध्यक्ष कवि निबन्धकार मोमिला, डा. विमल कोइराला र राजेश्वर कार्कीले बोल्नुभएको थियो ।
WRITE COMMENTS FOR THIS ARTICLE