बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

राम बहादुर थापा भन्छन् -माओवादी जनयुद्ध हिंसा नै हाे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले माओवादी जनयुद्ध हिंसा भएको टिप्पणी गरेका छन् । अछाममा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा आफू नै सहभागी भएको जनयुद्धबारे यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने, ‘जनयुद्ध भनेको हिंसा नै हो । हिंसा भनेको कलंक पाप हो । त्यहाँ मर्ने र मार्ने हुन्छ ।’ उनले एमाले अध्यक्ष केपी ओलीले जनयुद्धबारे गरेको टिप्पणीमा आफ्नो कुनै आपत्ति नहुने पनि बताए ।

जनयुद्ध हिंसा नै हो भन्ने कुरालाई माओवादीले समेत मान्ने उनले जिकिर गरे । उनले भने, ‘हिंसा भनेको वर्गसंघर्ष हो । अथवा संघर्षको सर्वोच्च रुप हो ।’ यद्यपि प्रत्येक हिंसा भने युद्ध हुन नसक्ने बताए ।

उनले नेकपा गठन गर्दा जनयुद्धको विषयमा ‘नेपालमा चलेको १० वर्षको जनयुद्धले अथवा सशस्त्र संघर्षले नेपालको लोकतान्त्रिक क्रान्तिमा महत्वपूर्ण भूमिका खेलेको छ’ भन्ने उल्लेख रहेको बताए । उनले नेकपा एमालेको १० औँ महाधिवेशनले पनि त्यो कुरालाई पूर्ण रुपमा उल्लेख नगरेको स्पष्ट पारे ।

उनले जनयुद्ध दिवस माओवादीको स्टन्टबाजी मात्रै भएको समेत जिकिर गरे ।  बादल सर्वोच्चको आदेशले नेकपा विभाजन भएपछि माओवादी छाडेर एमालेतिर लागेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x