नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी
काठमाडौ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार दिउँसो शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको हो ।
बैठकमा विभिन्न आठ एजेन्डामा छलफल हुनेछ। पार्टीको १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका तथा सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा छलफल हुनेछ।
यसैगरी महाधिवेशन तयारी समिति गठन सम्बन्धमा पनि छलफल हुने बताइएको छ। यसैगरी पछिल्लो समयमा तराई मधेसमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा तथा सरकारका १०० दिन, तत्पश्चातका गतिविधि र प्रमुख प्रतिपक्षीय भूमिकाका सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ।
प्रदेश सरकार र सदस्यता व्यवस्थापन तथा जनसम्पर्क समिति सम्बन्धमा पनि छलफल हुनेछ। भ्रातृ संघहरूको विधान सम्बन्धमा पनि छलफल हुने बताइएको छ।



WRITE COMMENTS FOR THIS ARTICLE