बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक ६४ सडक शिलान्यास गर्दै

काठमाडौं – एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत मधेश प्रदेशमा आज एकैपटक ६४ सडक शिलान्यास हुँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला स्मृति भवनबाट एकैपटक ६४ वटा सडकको शिलान्यास गर्ने भएका हुन् ।

प्रदेशका ८ वटै जिल्लाका प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा ५ किलोमिटरको दरले ३२० किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण हुने मधेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले जानकारी दिए ।

यसका लागि १२ अर्ब ७० करोड रुपैयाँको स्रोत सुनिश्चित गरी टेण्डर समेत भइसकेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x