बुधबार, फाल्गुन २८, २०८१
Wednesday, March 12, 2025

कांग्रेस–एमाले मिलेर बहुदलीय व्यवस्था मास्न लागिपरेको छन- राजेन्द्र लिङ्देन

काठमाडौं,-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस–एमाले मिलेर बहुदलीय व्यवस्था मास्न लागिपरेको आरोप लगाएका छन् । उनले दुई दलीय व्यवस्था कायम गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसविरुद्ध पार्टी चनाखो हुनुपर्नेमा जोड दिए ।

काठमाडौंको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्दै मुलुक भूराजनीतिक चक्रव्यूहमा फस्ने खतरा भएको उल्लेख गरेका छन् ।

वैदेशिक सम्बन्ध विस्तार र सञ्चालनमा सरकारको शैलीले देश भूराजनीतिक चक्रव्यूहमा फस्नसक्ने खतरा रहेको उनको प्रतिवेदनमा उल्लेख छ ।

साथै, उनले संसदको पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने परिकल्पना संसदीय व्यवस्थामा नहुने तर नेपालमा अनौठो अध्यास भइरहेको जिकिर गरेका छन् ।

लिङ्देनले हिउँदे अधिवेशन छलेर अध्यादेशबाट शासन चलाउने सरकारको रवैयाको पनि प्रतिवेदनमा कटाक्ष गरेका छन् ।

अध्यक्ष लिङ्देनले आन्दोलनका लागि संगठन र चुनावका लागि संगठन भनेर संगठन निर्माणलाई आफ्नो प्रतिवेदनमा जोड दिएका छन् । यस्तै उनले समान विचार भएका व्यक्ति, समूह र दलसंग एकता, सहकार्य वा मोर्चा बनाउने विषयमा केन्द्रीय समिति बैठकका सहभागीसंग सुझाव मागेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x