बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

अब जन्मिने पुस्तालाई जेन (जेनेरेसन) बिटा भनिने

काठमाडौं,- अंग्रेजी नयाँबर्षदेखि जन्मिएको पुस्तालाई जेन (जेनेरेसन) बिटा भनिने भएको छ । सन् २०१० देखि शुरू भएको जेन अल्फाको विकासक्रम रोकिएर जेन बिटाको विकासक्रम शुरू भएको हो । जेन बिटाको विकास सन् २०३९ को अन्त्यसम्म रहनेछन् । सन् २०४० देखि अर्को पुस्ताको शुरुआत हुनेछ ।

सामाजिक अध्येता तथा जनसांख्यिक विश्लेषक मार्क म्याक्रिन्डलले अबको १५ वर्षसम्म जन्मिने पुस्तालाई जेन–बिटा नाम दिएका हुन् । उनका अनुसार प्रविधि क्षेत्रमा भएको तीव्र प्रगति, सामाजिक चुनौती र विश्वव्यापी परिवर्तनको आकार लिने समयमा हुर्किने भएकाले यस पुस्तालाई जेनेरेसन अर्थात् जेन बिटा नाम दिइएको हो ।

यो पुस्ता पूर्णरूपमा स्वचालित यातायात साधन, लगाउने मिल्ने स्वास्थ्य उपकरण र प्रविधि, भर्चुअल वातावरणलाई सामान्य दैनिक जीवनका रूपमा प्रयोग गर्ने पहिलो पुस्ता हुनेछ । जेन–बिटा पुस्ताका बालबालिकाले कुल जनसंख्याको १६ प्रतिशत हिस्सा ओगट्ने विश्लेषक म्याक्रिन्डलको अनुमान छ ।

जेन बिटा पुस्ताका बालबालिका मुख्यतया जेन वाई (१९८०–१९९४ ) र जेन जेड (१९९६–२०१०) का अभिभावकबाट जन्मनेछन् । जेन वाई र जेन जेड डिजिटल युग र सामाजिक सञ्जालमा अनुकूलित भइसकेको पुस्ता हुन् । यसअघिको पुस्ता अर्थात् जेन अल्फाको नामकरण पनि म्याक्रिन्डलले नै गरेका थिए ।

जेन–अल्फाले स्मार्ट प्रविधि र एआईको उदय भएको देख्न पाएको छ । तर अब जेन–बिटा एआईकै युगमा बाँच्न पाउनेछ । उनीहरूको दैनिक जीवनमा स्मार्ट प्रविधि र एआई सामान्य बन्नेछन् । जेनेरेसन बिटाका मानिसहरू प्रविधिको अधिकतम प्रयोग र दीर्घ जीवनका भए पनि जलवायु परिवर्तन, जनसंख्याको विश्वव्यापी संकुचन र स्रोतहरूको अभावजस्ता समस्या भोग्नुपर्ने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x