बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

सत्तारूढ दल एमाले र प्रमुख प्रतिपक्षी दल माओवादीको बैठक सुरू

काठमाडौं,- सत्तारूढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुँदैछ । गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ भने माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

एमाले बैठक बिहान ११ बजेवाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बस्नेछ। च्यासलस्थित केन्द्रिय कार्यालयमा बसेको सचिवालय बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका एजेन्डा पनि तय गरेको थियो ।

जसअनुसार आजको बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ । साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने बिषयमा केन्द्रिय सदस्यले आ–आफनो धारणा राख्नेछन् ।

यता, माओवादी केन्द्री दिँउँसो १ बजेबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू हुने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन् । केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गर्दैछन् ।

आज बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रीय समितिका एजेन्डा र बैठक सञ्चालन बिधि तय गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x