कांग्रेसको संस्थापन पक्षले भोलि केन्द्रीय सदस्यहरूको भेला बोलाउने
काठमाडाैं – नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि उक्त निर्णय भएको हो।
एक केन्द्रीय सदस्यका अनुसार भोलि बिहान साढे १० बजे नयाँ बानेश्वरमा केन्द्रीय सदस्यहरूको भेला आयोजना गरिनेछ। भेलामा शीर्ष नेताहरूसहित संस्थापन पक्षबाट २५ केन्द्रीय सदस्यहरू सहभागी हुनेछन् ।
संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले यसअघि पनि पटक–पटक शीर्ष नेताहरूलाई बोलाएर भेलाहरू आयोजना गर्दै आएका थिए । उनीहरूले निर्वाचनअघि महाधिवेशन नहुने पक्षमा अडान राख्दै आएका थिए।
यस्तै, संस्थापन पक्षले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला पनि आयोजना गर्दै छ ।


WRITE COMMENTS FOR THIS ARTICLE