बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

सम्पत्ति शुद्धीकरण छाबिन गरे ठूला दलका कुनै नेता बाँकि नरहने- राप्रपा अध्यक्ष लिङदेनकाे दाबी

झापा,- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको व्यवस्थाले भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाएका छन् ।राप्रपा कोशी प्रदेशको आयोजनामा शनिबार इटहरीमा सम्पन्न विरोध सभामा उनले यस्तो दाबी गरेका हुन् । हिन्दू राष्ट्र अपरिहार्य रहेको उल्लेख गर्दै उनले देशका लागि राजासहितको प्रजातन्त्र आवश्यक रहेको बताए ।

रास्वपा सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाइएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले यो हतियारले ठूला दलका कुनै नेता बाँकि नरहने दाबी गरे। ‘रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलेको छ,’  लिङदेनले भने, ‘अब दाप बाहिर आइसकेको यो हतियार रोकिने छैन र रोकिन पनि हुँदैन ।’वर्तमान व्यवस्थाले भ्रष्टाचारलाई झनै संरक्षण गरेको दाबी गर्दै,  नेपालका सबै नेताको सम्पत्ति छानबिन गर्नुपर्ने र त्यसको सुरुवात राप्रपाले गर्ने उहाँले बताउनु भयाे  ।

कार्यक्रममा राप्रपाका निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रजातान्त्रिक दलहरूबाट नै प्रजातन्त्रलाइ खतरा रहेकाे  आरोप लगाए । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्व र कार्यशैलीका कारण प्रजातन्त्र खतरामा परेको उनको दाबी छ । जनताले अहिले विकल्पको खोजी गरेको दाबी गर्दै डा. लोहनीले तीन ठूला पार्टीका अध्यक्षलाई संसदमा उभिएर ‘भ्रष्टाचार गरेको छैन र बिदेशमा पैसा राखेको छैन भनेर प्रमाण देखाउन’  चुनौती दिएका छन्  ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x