उपनिर्वाचनको परिणामले माओवादी २०६४ सालमा फर्किएको प्रचण्डकाे दावि
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचनको परिणामले आफू उत्साहित भएको बताएका छन् ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेपछि पार्टीका नेता अमनलाल मोदीलाई टेलिफोन गर्दै अध्यक्ष प्रचण्डले माओवादी अब २०६४ सालको अवस्थामा फर्किएको बताएका हुन् ।
ग्रामथान गाउँपालिका पूर्वमन्त्री मोदीको क्षेत्रमा पर्छ । ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी निर्वाचित भएका छन् ।
यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा उपाध्यक्ष र ५ वडाध्यक्षमा एमालेबाट विजयी भएका थिए । माओवादीले एक मात्रै वडाध्यक्ष जितेको थियो ।
२०६४ सालको पहिलो संविधान सभा चुनावमा माओवादीले एक्लैले प्रत्यक्षतर्फ १ सय २० सिट जितेको थियो । त्यसपछिका निर्वाचनमा भने माओवादीको जनमत खस्किँदै गएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE