बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

ओखलढुंगा जिसस प्रमुखमा कांग्रेस नेता भट्टराई निर्विरोध

जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका नेता टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आइतबार भएको उम्मेदवारी दर्तामा जिसस प्रमुखका लागि भट्टराईको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध समन्वय प्रमुख भएपनि निर्वाचन अधिकृतले निर्वाचित भएको घोषणा गर्न बाँकी छ ।

जिल्ला सभामा कांग्रेसको एकलौटी बहुमत रहेको छ । ८ स्थानीय तहका १६ प्रमुख उपप्रमुख मध्य ९ जना कांग्रेसका छन् । त्यस्तै एमालेका ५, माओवादी १ र जसपाको १ मत छ । कांग्रेसबाहेक सबै मिल्दा ७ मत र कांग्रेसको एकल ९ मत छन् । सत्ता साझेदारीमा रहेको एमालेले पनि आफ्नो पक्षमा परिणाम नआउने पक्का भएपछि निर्णयनै गरेर कांग्रेसका उम्मेद्वार भट्टराईलाई समर्थन गरेको हो ।

भट्टराई पार्टीको जिल्ला कार्यसमितिका पूर्वसचिव तथा पूर्वमहाधिवेशन प्रतिनिधि हुन् । यसअघि जिल्ला समन्वय समितिको प्रमुख रहेका डिल्लीराम खनालको उपचारका क्रममा गत २०८० भदौ १३ गते निधन भएको थियो । क्यान्सरका कारण उनको निधन भएपछि उक्त पद रिक्त थियो ।

सो पदका लागि भट्टराईसँगै नेपाली कांग्रेसका जिल्ला सचिव अजय लुईटेल र दलित संघका अध्यक्षसमेत रहेका पूर्वमहनधिवेशन प्रतिनिधि होमबहादुर विकको प्रतिष्पर्धा थियो । पार्टी जिल्ला समितिले ३ जनालाई नै सिफारिस गरेपनि उम्मेदवारहरुबी साझा सहमति जुटाएर भट्टराईलाई समन्वय प्रमुखमा अघि सार्ने सर्वसहमत निर्णय भएपछि भट्टराईलाई समन्वय समिति प्रमुद हुँने बाटो खुलेको हो । कुशल संगठक र राजनीतिमा निष्ठावान मानिएका ६९ वर्षीय भट्टराई राजनीति तथा सामाजिकरुपमा अझै सक्रिय छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x