मङ्लबार, माघ २०, २०८२
Tuesday, February 3, 2026

अनसनरत डा. निकोलस भुसालसँग वार्ता गर्न सरकारले टोली गठन गर्‍याे

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली गठन गरेको छ । गत भदौ २३ र २४ गते भएका घटनाका दोषीमाथि कारबाही गर्नुपर्ने, संविधान संशोधन गरी राष्ट्रियसभा र प्रदेश संरचना खारेज गर्नुपर्ने तथा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन प्रणाली लागू गर्नुपर्नेलगायत पाँचबुँदे माग राख्दै १० दिनदेखि अनसन बस्दै आएका डा भुसालसँग वार्ता गर्न सरकारले आज प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरेको हो ।

वार्ता समितिको सदस्यमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसाल र जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल छन्
माइतीघर मण्डलामा अनशन बस्दै आएका डा भुसालको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ । बुधबार नै गृहमन्त्री ओमप्रकाश अर्याल वीर अस्पताल पुगी अनशनरत डा भुसालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x