शुक्रबार, अशोज १६, २०८३
Friday, October 2, 2026

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्री वाग्लेले तीन विधेयक समितिमा पठाउने

काठमाडौं – प्रतिनिधिसभा बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।

अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौ संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अर्थ मन्त्री वाग्लेले नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०६३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘भुक्तानी तथा फस्यौंट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES