समानुपातिक निर्वाचन प्रणाली खारेज गरिनु पर्छ–अर्जुन नरसिंह केसी
काठमाडौं, २ मंसिर । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनमार्फत समानुपातिक निर्वाचन प्रणाली खारेज गरिनुपर्ने बताएका छन् । उनले जनताको सही प्रतिनिधित्व नहुने, परिक्रमा र भेटी, टिकाटालाको भरमा सिफारिस हुने समानुपातिक निर्वाचन प्रणालीको औचित्यता नरहेको बताएका हुन् । संविधान संशोधनमार्फत अहिलेको समानुपातिक निर्वाचन प्रणाली खारेज गरी समानुपातिक निर्वाचन क्षेत्र नै घोषणा गरिनुपर्ने पर्ने र महिला–महिला, दलित–दलित, आदिवासी जनजाति–आदिवासी जनजातिबीच प्रैतिस्पर्धा गराइनुपर्ने बताए ।
‘जनताको सही प्रतिनिधित्व हुन नसक्ने, परिक्रमा र भेटी, टिका टालाको भरमा हुने अवस्था छ । त्यसबाट पार्टीलाई पनि फाइदा भएको छैन । राष्ट्रिय रुपबाट पनि फाइदा भएको छैन । त्यसकारण यो समानुपातिक प्रणाली हटाउनुपर्छ, खारेज गर्नुपर्छ, मैले धेरै चोटी संसद्मा पनि बोलिसकेको छु,’ उनले भने, ‘जहाँसम्म विभिन्न जात जातिको प्रतिनिधित्व र समावेशितको कुरा छ, त्यस्तोमा समानुपातिक निर्वाचन क्षेत्र नै घोषणा गर्नुपर्छ । अहिलेको प्रैणाली बेठीक छ । महिलामा महिला नै लड्ने, ज–जसको कोटा छ, निर्वाचित प्रणालीबाटै उनीहरुको प्रतिनिधित्व होस् । अहिलेको प्रणालीप्रति मेरो विरोध हो ।’
साथै, देशमा अहिले लागू भइरहेको संघीय प्रणाली पनि ठीक नरहेको उनको टिप्पणी छ । उनले आफू अहिलेको लोकतान्त्रिक पद्धति र संविधानको पक्षमा रहेको बताउँदै लोकतान्त्रिक पद्धति र संविधानको पक्षमा जुट्न आवश्यक रहेको बताए ।
‘अहिलेको संघीयता ठीक छैन भन्ने पक्षमा छु । संघीयता विरोधी होईन । म अहिलेको लोकतान्त्रिक पद्धति र संविधानको पक्षमा छु । परिस्थिति, समय, अवस्था हेरेर बृहत राष्ट्रिय एकताको निम्ति पनि हामीले सोच्नुपर्ने अवस्था छ,’– उनले भने ।
WRITE COMMENTS FOR THIS ARTICLE