शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

अमेरिकामा आज ४७ औं राष्ट्रपतिका लागि निर्वाचन

एजेन्सी,– विश्वकै शक्तिशाली मुलुककारुपमा रहेको युनाइटेड स्टेट अफ अमेरिका (यूएसए)मा आज ४७ औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । आर्थिक र सैनिकरुपमा अमेरिका विश्वकै शक्तिशाली मुलुक हो । जसकारण, अमेरिकाका राष्ट्रपतिको भूमिका आन्तरिकसँगै बाह्य मामिलामा पनि हुनेछ । यही शक्तिशाली मुलुकको ४७औं राष्ट्रपतिको चुनाव आज भइरहेको हो ।

राष्ट्रपतिको दौडमा रिपब्लिकनका डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस छन् । ट्रम्प यसअघि सन् २०१६ मा निर्वाचित राष्ट्रपति समेत हुन् । यस्तै, भारतीय मूलकी ह्यारिस जोइ बाइडेनकी उपराष्ट्रपति हुन् । यी दुईबीच आज हुने चुनावमा कडा टक्कर हुने बताइएको छ ।

कूल ५० वटा राज्य रहेको अमेरिकामा चुनाव जित्नका लागि २७० इलेक्ट्रोलर मत ल्याउनुपर्ने छ । अमेरिकामा कूल ५३८ इलेक्ट्रोरल मत छन् । यी मत विभिन्न राज्यको आवाधिलाई मध्यनजर गरेर बनाइएका हुन् ।

 

कति हुनेछ राष्ट्रपतिको तलब ?

अमेरिकी राष्ट्रपतिले वार्षिकरुपमा एक अमेरिकीले कमाउने रकमभन्दा बढी कमाउनेछन् । यद्यपी, धनाड्य अमेरिकीको तुलनामा भने झण्डै आधा मात्रै कमाई राष्ट्रपतिको हुनेछ । अमेरिकाका सामान्य सर्वसाधारणले वार्षिकरुपमा औसतमा ६३ हजार अमेरिकी डलर कमाउँछन् । जबकी, धनाड्य अमेरिकी नागरिकले वार्षिकरुपमा ७ लाख अमेरिकी डलरभन्दा बढी कमाउँछन् ।

यस्तै, अमेरिकी राष्ट्रपतिले वार्षिकरुपमा साढे ४ लाख अमेरिकी डलर कमाउने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । यो धनी अमेरिकीले वार्षिकरुपमा कमाउने रकमभन्दा करिब आधा मात्रै हो । तर, वार्षिकरुपमा पाउने तलबसँगै अन्य सेवा सुविधा समेत राष्ट्रपतिले पाउनेछन् । राष्ट्रपतिको स्वास्थ्य सेवा पूर्णरुपले निःशूल्क हुनेछ भने किनमेल खर्च लगायतका सुविधा समेत पाउँछन् ।

अमेरिकी राष्ट्रपतिको तलब पछिल्लो २३ वर्षयता बढेको छैन । सन् २००१ मा २ लाख अमेरिकी डलरबाट वार्षिक साढे ४ लाख रुपैयाँ पुगेको थियो । त्यसयता भने तलब बढेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x