बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक हुने

काठमाडौं,- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी उहाँले सार्वजनिक गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कमहरुको विवरणबारेमा जानकारी गराउनुहुने र सरकारको आगामी तयारी र योजनाबारे समेत जानकारी गराउनुहुने प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले बताउनुभयो ।

नेकपा (एमाले) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मंगलबार एक सय दिन पुगेको छ । अध्यक्ष ओली नेपाली कांग्रेसको समर्थनमा २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x