प्रभु बैंकका अध्यक्ष कार्कीले गभर्नरबाट लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – प्रभु बैंक लिमिटेडका अध्यक्ष किशोर जङ्ग कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष कार्कीले गभर्नर पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुका साथै आजै बसको बैंकको सञ्चालक समितिको ३८१औं बैठकको अध्यक्षता गरी सज्वालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बैंक बालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा डेपुटी गभर्नर निलम ढुङ्गाना र डेपुटी गभर्नर बम बहादुर मिश्र तथा बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावलको उपस्थिति रहेको थियो । यस अवसरमा प्रभु बैंक लिमिटेडका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत पनि उपस्थिति रहेको थियो ।
गत माघ २९ मा सम्पन्न बैंकको तेईसौं वार्षिक साधारण सभामा सर्वसाधारण समूहका शेयरधनीहरुको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका कार्की असार १९ गते सम्पन्न बैंकको सञ्चालक समितिको ३८०औं बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन विषयमा स्नातकोत्तर उपाधी हासिल गरेका अध्यक्ष कार्की यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राक्तिक श्रोत तथा वित्त आयोग, अर्थ मन्त्रलाय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सामान्य प्रशासन मन्त्रलायको सहसचिवको रुपमा सेवा गरिसेका छन् ।
त्यसैगरी निजामति किताबखाना, आन्तरिक रजश्व विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाली सकेका उनले ले नेपाल टेलिकम, मेलम्ची खानेपानी विकास समिति, कृषि अनुसन्धान परिषद र कृषि अनुसन्धान कोषमा सञ्चालक समिति सदस्यमा रहेर समेत विविध कार्यानुभव हासिल गरेका छन् ।
३८ वर्षभन्दा बढी अर्वाध नेपालको सरकारी सेवामा सेवारत रही विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी सम्हाल्दै लामो अनुभव हासिल गरेका अध्यक्षको नेतृत्व प्राप्त गर्नु प्रभु बैंक लिमिटेड, शेयरधनी, ग्राहक तथा सरोकार राख्ने सबैको लागि गौरवको विषय हो। अध्यक्षको सबल नेतृत्वबाट प्रभु बैंकको व्यापार व्यवासाय अभिवृद्धि हुनुका साथै अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने बैंकले विश्वास लिएको छ ।
WRITE COMMENTS FOR THIS ARTICLE