शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

बालुवाटारमा कांग्रेस सभापति देउवा, प्रधानमन्त्री ओली भेट्दै

काठमाडौ-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटारमा पुगेका छन्।

कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार डाकेको स्रोतले जानकारी दिएको छ। दुई शीर्ष नेताबीच छलफलका लागि आइतबार साढे चार बजेको समय तोकिएको छ।

कांग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। कांग्रेसको भागमा परेका चार मन्त्रीको नाममा सहमति गर्न ओली र देउवा भेट्न लागेका हुन्।

दुई शीर्ष नेताबीचको भेटमा गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको स्रोतले जानकारी दिएको छ। गृहमन्त्री लेखकले आइतबार नै प्रधानमन्त्री ओलीसँग प्रहरी र सशस्त्र प्रहरी विधेयकबारे छलफल पनि गर्ने बताइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x