इरानी नेताहरूको जानकारी दिनेलाई १० मिलियन डलर पुरस्कार दिने अमेरिकाकाे घोषणा
अमेरिकी सरकारले इरानको *इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स’ का मुख्य नेताहरू र उच्च अधिकारीहरूको बारेमा जानकारी दिने व्यक्तिलाई १० मिलियन डलर सम्मको पुरस्कार दिने घोषणा गरेको छ।
अमेरिकाको ‘रिभार्ड्स फर जस्टिस’ वेबसाइट( संजालस्थल)का अनुसार, यो पुरस्कार इरानी सैन्य र गुप्तचर निकायका १० जना प्रभावशाली व्यक्तिहरूको पहिचान वा उनीहरू रहेको स्थानको जानकारी दिनेलाई दिइनेछ। यो सूचीमा इरानका नयाँ सुप्रिम लिडर (सर्वोच्च नेता) मोज्तबा खामेनीको नाम प्रमुखताका साथ राखिएको छ।
त्यस्तै पुरस्कार सूचीमा रहेका मुख्य व्यक्तिहरूमा मोज्तबा खामेनी, इरानका नयाँ सर्वोच्च नेता; अली अस्घर हेजाजी, सर्वोच्च नेताको कार्यालयका उप-प्रमुख,
;इस्माइल खातिब, इरानको गुप्तचर र सुरक्षा मन्त्री ;अलि लारिजानी, सर्वोच्च सुरक्षा परिषदका सचिव तथा यया रहिम सफाभी, सर्वोच्च नेताका वरिष्ठ सैन्य सल्लाहकार रहेका छन् ।
अमेरिकी विदेश बिभागले यी व्यक्तिहरूले विश्वभर आतंकवादी गतिविधिहरू योजना गर्ने र सञ्चालन गर्ने आइआरजिसिको नेतृत्व गरिरहेको आरोप लगाएको छ। सूचना दिने व्यक्तिको सुरक्षाका लागि अमेरिकाले ‘सिग्नल’ वा टोर’ जस्ता गोप्य र सुरक्षित माध्यमबाट सम्पर्क गर्न आग्रह गरेको छ।
अमेरिकी अधिकारीहरूका अनुसार कसैले दिएको जानकारीको आधारमा यी व्यक्तिहरू पक्राउ परेमा वा कारबाही गर्न सफल भएमा, जानकारी दिने व्यक्तिलाई ठूलो धनराशिका साथै अन्य देशमा बसोबासको सुविधा समेत मिलाइनेछ।


WRITE COMMENTS FOR THIS ARTICLE