शुक्रबार, चैत्र २९, २०८१
Friday, April 11, 2025

मिटरब्याजपीडितकाे आक्राेस ‘आयोग बन्यो, कानुन बन्यो, न्याय पाइएन’

मिटरब्याजपीडित सङ्घर्ष समितिका अगुवाहरूले मिटरब्याज (अनुचित लेनदेन) समस्या अन्त्यका लागि सरकार गम्भीर नभएको गुनासो गरेका छन्।

‘मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’ द्वारा शनिबार सिरहाको गोलबजारमा आयोजित भेलामा मिटरब्याज समस्या अन्त्यका लागि बनेको कानुन कार्यान्वयनका लागि सरकार र संयन्त्र इमानदार नभएको बताएका हुन्।

“कानुन कागजमै सीमित हुँदा न्याय पाउन मुस्किल भयो। मिटरब्याजीले प्रहरी, प्रशासन र सरकार सबैलाई प्रभावमा पारेर न्याय प्रक्रियालाई अवरुद्ध पार्ने काम गरेका छन्”, सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भने, “मिटरब्याजीले उल्टो पैसा, पहुँच र शक्तिको आडमा पीडितमाथि थप दमन गरिरहेका छन्।”

उनले अब चाँडै गृहमन्त्रीसँग यस विषयमा भेटवार्ता हुने र त्यसपछि पनि सरकारको व्यवहार उचित नदेखिए सशक्त सङ्घर्ष थाल्ने चेतावनी दिए।

त्यसैगरी सङ्घर्ष समितिका महासचिव मनोजकुमार पासवानले सरकार, संयन्त्र र मिटरब्याजीहरूले आफूहरूको संयमतालाई कमजोरीका रूपमा लिने गरेको गुनासो गरे।

उनले भने, “हाम्रो सङ्घर्षपछि आयोग बन्यो, कानुन बन्यो, तर सबै कागजमै सीमित छ। मिटरब्याजीले नै हामीमाथि दमन गरिरहेका छन्।” साथै उनले मिटरब्याजको संरक्षक राजनीतिक दलहरू नै भएको आरोप समेत लगाए।

अनुचित लेनदेनसम्बन्धी कानुन बन्दा पनि पीडितले न्याय पाउने स्थिति नभएकाले आगामी दिनमा वारपारको लडाइँ लड्नुपर्ने अवस्था आउन सक्ने र त्यसका लागि सम्पूर्ण पीडितहरूलाई एकजुट भएर लाग्न मिटरब्याजी आन्दोलनका अगुवा रामरिझन यादवले आग्रह गरे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x