भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७५
काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार बिहानसम्म विभिन्न जिल्लामा ४७५ जनाको शव फेला परेको छ ।
रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा २७, चितवनमा १७९, गोरखामा ४४, तनहुँमा २८ र नवलपरासी पूर्वमा ११० जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि तीनवटै सुरक्षा निकायका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


WRITE COMMENTS FOR THIS ARTICLE