शनिबार, अशोज ३, २०८३
Saturday, September 19, 2026

अर्थमन्त्री वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्ने भएका छन् ।

अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई शनिबार बिहान साढे ९ बजे नयाँ दिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ ।

परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के. इलाको अध्यक्षतामा हुने उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा. वाग्ले सहभागी हुनेछ ।

सो क्रममा उनले भारतीय उद्योगपतिहरूलाई नेपालमा नयाँ लगानी गर्न र लगानी गरिसकेकाहरूलाई लगानी विस्तारका लागि आह्वान गर्ने छन् ।

साथै, लगानीमैत्री कानुनी स्थिरता, लगानी सुरक्षा र प्रतिफलको निश्चितताका सन्दर्भमा नेपाल सरकारको धारणा उनले भारतीय उद्योगपतिहरूलाई स्पष्ट पार्नेछन् ।

अर्थमन्त्री वाग्लेसँगको छलफलमा परिसङ्घका पूर्वअध्यक्ष एवं आइटीसी इन्डियाका अध्यक्ष सञ्जीव पुरीसहित करिब दुई दर्जन उद्योगपति सहभागी हुने परिसङ्घले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments