उपनिर्वाचनमा हालसम्म ३५ स्थानको मतगणना सार्वजनिक
काठमाडाैं,–स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३५ स्थानको मतगणना सार्वजनिक भएको छ ।
सार्वजनिक नतिजाअनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी १५ वडामा जित हासिल गरेको छ । त्यस्तै नेकपा एमाले ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ ।
नेकपा माओवादी केन्द्रले ६ वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान एक–एक स्थानमा जित हासिल गरेका छन् ।
यी हुन् कांग्रेसले जितेका स्थानहरूः
लालीगुराँस नगरपालिका—८ तेह्रथुम
गढी गाउँपालिका—६ सुनसरी
ईश्नाथ नगरपालिका—७ रौतहट
राजपुर नगरपालिका—६ रौतहट
कीर्तिपुर नगरपालिका–१ काठमाडौं
हेटौंडा—१२ मकवानपुर
मुसिकोट–१ गुल्मी
रुन्टीगढी गाउँपालिका–४ रोल्पा
ठाकुरबाबा नगरपालिका–४ बर्दिया
कुशे गाउँपालिका—७ जाजरकोट
सानीभेरी गाउँपालिका—५ रुकुमपश्चिम
सूर्मा गाउँपालिका—४ बझाङ
पुर्वीचौकी गाउँपालिका–६ डोटी
दुहु गाउँपालिका–५ दार्चुला
भीमदत्त नगरपालिका—६ कञ्चनपुर
एमालेले कहाँ–कहाँ जित्यो ?
सिरिजंघा—३ ताप्लेजुङ
मोलुङ गाउँपालिका अध्यक्ष– ओखलढुंगा
रामगोपालपुर नगरपालिका—२ महोत्तरी
शुद्धोधन गाउँपालिका—१ कपिलवस्तु
दुल्लु नगरपालिका– १३ दैलेख
महाबु गाउँपालिका अध्यक्ष– दैलेख
स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष– बाजुरा
माओवादी केन्द्रले जितेका ठाउँ–
त्रियुगा नगरपालिका– १२ उदयपुर
धनुषाधाम नगरपालिका—१ धनुषा
ककनी गाउँपालिका वडा २ नुवाकोट
गोरखा नगरपालिका—५
पुथा उत्तरगंगा—२ रोल्पा
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष :नमोनारायण माझी
नलगाड नगरपालिका उपप्रमुख– जाजरकोट
जसपाले जितेका ठाउँ
डाक्नेश्वरी- १ सप्तरी
डाक्नेश्वरी- ४ सप्तरी
राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं महानगरपालिका—१६ काठमाडौं
एकीकृत समाजवादी
गढीमाई नगरपालिका—८ रौतहट
नेमकिपा
तिलागुफा नगरपालिका—४ कालीकोट
स्वतन्त्रले जितेको ठाउँ
कन्काई नगरपालिका—६ झापा
WRITE COMMENTS FOR THIS ARTICLE