माया पाण्डेलाई आँधीखोलाले बगायोः शान्तिघाटमा शव भेटियाे
स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिका–९ भुम्रेकी ५३ वर्षीया माया पाण्डेको आँधीखोलाले बगाउँदा मृत्यु भएको छ।
पाण्डे बिहान करिब ५ः२० बजे वालिङ नगरपालिका–९ भुम्रेस्थित आँधीखोला पुलको मुखमा दतिवन टोकी नुहाउने क्रममा खोलाको तीव्र बहावले बगेकी थिइन्।
खोजीका क्रममा उनलाई वालिङ नगरपालिका–१३ स्थित गायखोलानजिक आँधीखोलाको बीच भागमा अड्किएको अवस्थामा फेला पारिएको थियो। उद्धार गरी बाहिर निकालिए पनि उनको मृत्यु भएको जनाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गुल्म हेडक्वार्टर स्याङ्जाबाट खटिएको विपद् व्यवस्थापन टोलीले पाण्डेको शव वालिङ नगरपालिका–९ शान्तिघाटस्थित खोलाको बीच भागबाट फेला पारी सम्बन्धित निकायलाई बुझाएको छ।


WRITE COMMENTS FOR THIS ARTICLE