सोमवार, भदौ २९, २०८३
Monday, September 14, 2026

उपेन्द्र यादवले मधेशलाई स्वशासनसहित अधिकार सम्पन्न बनाउन संघर्ष गर्ने

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई स्वशासनको अधिकार नदिएसम्म संघीयता मजबुत हुन नसक्ने बताएका छन् ।

जनकपुरधाममा शनिबार ‘नाैदलीय अग्रगामी मोर्चा’को मधेश प्रदेश समन्वय समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै यादवले संविधान संशोधनमार्फत प्रदेशलाई स्वशासनसहितको थप अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष यादवले मधेसमा मुख्यमन्त्री बने पनि वास्तविक अर्थमा मधेस राज्य निर्माण नभएको दाबी गर्दै प्रदेशलाई आफ्नै प्रहरी, प्रशासन, न्याय तथा शासन प्रणालीसहित स्वशासनको अधिकार दिनुपर्ने बताए । उनले मधेसी जनताको अधिकार सुनिश्चित गर्न कांग्रेस वा एमालेको भर पर्न नसकिने भन्दै त्यसका लागि मधेसी जनता स्वयं संगठित भएर संघर्ष गर्नुपर्ने धारणा राखे ।

विगतमा सरकारमा जान कांग्रेस र एमालेसहितका दलसँग गरेको सहकार्य आफ्नो ठूलो रहेको बताउँदै उनले नेपालका कम्युनिस्ट पार्टीहरू सिद्धान्तबाट विचलित भएर सत्ताकेन्द्रित बनेको कारण मुलुकको वर्तमान अवस्थाका आएको हो, जसको प्रमुख जिम्मेवार एमाले रहेको रहेको दाबी गरे ।

उनले नेपालको संघीयता मधेसी जनताको बलिदान र संघर्षबाट प्राप्त भएको दाबी गर्दै संघीयता र समावेशितालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाए । मधेसमा धार्मिक द्वन्द्व सिर्जना गर्ने प्रयास भएको भन्दै उनले त्यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गरे ।

यादवले वर्तमान संविधान नै प्रदेशलाई अधिकारसम्पन्न बनाउन मुख्य बाधक रहेको दाबी गर्दै संविधान संशोधनलाई अहिलेको प्रमुख राजनीतिक मुद्दा बनाउनुपर्ने बताए । उनले राष्ट्रिय सभा लगायत राज्यका संरचनामा मधेसको प्रतिनिधित्व असमान रहेको दाबी गर्दै जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने माग गरे ।

कार्यक्रममा यादवले नेपालको वर्तमान निर्वाचन प्रणाली महँगो भएको र यसले गरिब तथा आर्थिक रूपमा कमजोर नागरिकलाई राजनीतिमा सहभागी हुन कठिन बनाएको बताए । निर्वाचनमा पैसा लिने–दिने प्रवृत्ति नै भ्रष्टाचारको प्रमुख कारणमध्ये एक भएको उनको भनाइ थियो ।

यादवले सरकारको सुशासन र विकासको नारामाथि पनि प्रश्न उठाए । सरकार गठनपछि शिक्षा तथा स्वास्थ्यको अवस्था कमजोर हुँदै गएको, नागरिकले शिक्षा, स्वास्थ्य, विद्युत् लगायत आधारभूत सेवामा विभिन्न प्रकारका कर तथा शुल्कको भार खेप्नुपरेको उनले बताए । उनले सरकार जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप समेत लगाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x