बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग
एजेन्सी : बंगलादेशको अभियोजन पक्षले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ।
उनीमाथि गत वर्ष भएको विद्यार्थी प्रदर्शनलाई दमन गर्ने क्रममा मानवता विरुद्धको अपराध गरेको गम्भीर आरोप लगाइएको छ।
गत वर्षको उक्त हिंसामा करिब १४ सय मानिसको ज्यान गएको थियो। यसलाई बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्रामपछिको सबैभन्दा भीषण हिंसा मानिन्छ।
बंगलादेशका मुख्य अभियोजक ताजुल इस्लामले भने, ‘हसिनालाई १४ सय पटक मृत्युदण्ड दिनुपर्छ। तर यो मानवीय रूपमा सम्भव नभएकाले हामी कम्तिमा एक पटक मृत्युदण्डको माग गर्दछौँ।’


WRITE COMMENTS FOR THIS ARTICLE