सोमवार, जेष्ठ २५, २०८३
Monday, June 8, 2026

ओली र लेखकलाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्‍याे

काठमाडौं– केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरीले आज हाजिरी जमानीमा रिहा गरेको छ ।

काठमाडौं प्रहरीका अनुसार आवश्यक पर्दा उपस्थित हुने सर्तमा ओलीलाई उनकी श्रीमती राधिका शाक्य र लेखकलाई यशोदा जोशी लेखकको जिम्मामा छाडिएको हो ।

सर्वोच्च अदालतको आदेशपछि सरकारी वकिलको पत्रका आधारमा उनीहरू रिहा भएका हुन् ।

जेनजी आन्दोलन दमनसम्बन्धी आरोपमा चैत १४ गते पक्राउ परेका उनीहरूलाई अदालतले म्याद थप नगर्न आदेश दिएपछि थुनामुक्त गरिएको हो ।

ओली भने स्वास्थ्य समस्याका कारण अझै त्रिवि शिक्षण अस्पताल मा उपचाररत छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x