काठमाण्डाैं – हङकङमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २९ गते नेपाल फर्कने भएका छन्।
देउवाले सोही दिनका लागि नेपाल आउने हवाई टिकट बुक गरिसकेको उनी निकट स्रोतले जनाएको छ।
जेनजी आन्दोलनमा कुटपिटबाट गम्भीर घाइते बनेका देउवा र पत्नी राणा गएको कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका थिए । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको थियो ।
साथै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवालाई बयानमा उपस्थित हुन भन्दै खण्डहर निवासमा लगेर सातदिने म्याद टाँसेको थियो । उनका छोरा जयवीरलाई पनि सात दिनभित्र उपस्थित हुन भन्दै विभागले सूचना निकालेको थियो । जयवीर श्रीमतीसहित बेलायतमा छन् ।
नेपाली कांग्रेस स्रोतले पनि देउवाको साउन २९ गते स्वदेश फर्कने कार्यक्रम निश्चित भएको जनाएको छ।
देउवा केही महिनादेखि सिंगापुर र त्यसपछि हङकङमा स्वास्थ्य उपचारका क्रममा रहेका थिए।


WRITE COMMENTS FOR THIS ARTICLE