बुधबार, माघ ९, २०८१
Wednesday, January 22, 2025

दिउँसो ३ बजेसम्मको अवधिमा ५८ प्रतिशत मत खसेको निर्वाचन आयोगकाे भनाई

काठमाडौं । देशभरका रिक्त ४१ स्थानीय तहमा आइतबार उपनिर्वाचन भइरहेको छ । नगरपालिका प्रमुख एक,उपप्रमुख एक,गाउँपालिका अध्यक्ष दुई,उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।

यसैबीच विहान ७ बजेदेखी मतदान भइरहेको छ । दिउँसो ३ बजेसम्मको अवधिमा ५८ प्रतिशत मत खसेको निर्वाचन आयोगकी प्रवक्ता नीता पोख्रेल अर्यालले बताइन् । प्रवक्ता अर्यालका अनुसार अपराह्न ५ बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् ।

उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । उपनिर्वाचनका लागि १६२ मतदानस्थल र २९३ मतदान केन्द्र तोकिएको छ । निर्वाचन आयोगले उपनिर्वाचनको मतपरिणाम दुई दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x