राजावादीहरुले आर्थिक संकलन अभियान सुरु गरे

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवाना तिर्न राजावादीहरुले आर्थिक संकलन अभियान सुरु गरेका छन् ।
शुक्रबार तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा भएको क्षतिपूर्ति स्वरुप काठमाडौं महानगरका मेयर बालेन शाहले पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेपछि विदेशमा रहेका राजावादीहरुले आर्थिक संकलन अभियान सुरु गरेका हुन् ।
यसका लागि पोर्चुगलमा रहेका राजसंस्था पुनस्र्थापनाका पक्षधर पूर्वपर्यटन प्रबद्र्धक रमेशराज बास्तोलाले सामाजिक सञ्जालमार्फत यो अभियान थालेका हुन् । उनले ‘विदेश बस्ने राष्ट्रवादीले तिरिदिऔं यो जरिवाना’ भन्दै आर्थिक संकलन अभियान सुरु गरिएको जानकारी गराएका छन् ।
WRITE COMMENTS FOR THIS ARTICLE