भावी प्रधानमन्त्रीका दाबेदार थापा–साहको चुनावी एजेन्डा एउटै
काठमाडौं– फागुन २१ मा देशभर चुनाव हुँदै गर्दा झापा–५ र सर्लाही–४ सबैभन्दा चर्चामा छन् ।
कारण हुन् दुई चर्चित अनुहार बालेन्द्र शाह र गगनकुमार थापा र उनीहरूले अघि सारेका शिक्षा र स्वास्थ्यका एजेन्डा छन् ।
पूर्वमेयर शाह शिक्षामा केन्द्रित छन् भने पूर्वस्वास्थ्यमन्त्री थापा स्वास्थ्य सुधारमा जोड दिइरहेका छन् ।
दुवैलाई भावी प्रधानमन्त्रीका सम्भावित नेताका रूपमा हेरिएको छ ।
शाहले काठमाडौं महानगरमा १० प्रतिशत छात्रवृत्ति खुला प्रतिस्पर्धाबाट वितरण गराउने व्यवस्था लागू गरी शिक्षा क्षेत्रमा प्रभाव देखाएका थिए ।
उनले महँगा निजी विद्यालयमा पनि विपन्न विद्यार्थीको पहुँच हुनुपर्ने बताइरहेका छन् ।
थापाले स्वास्थ्यमन्त्री हुँदा निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क राख्ने कानुनी प्रावधान कार्यान्वयन गराउने प्रयास गरेका थिए र अहिले पनि स्वास्थ्य तथा गुणस्तरीय शिक्षामा सुधारलाई प्राथमिकता दिइरहेका छन् ।
दुवै नेताले कानुनको सही कार्यान्वयनमार्फत सर्वसाधारणलाई शिक्षा र स्वास्थ्यमा पहुँच दिलाउने वाचा गरेका छन् ।
तर, निजी विद्यालय र अस्पतालमा निःशुल्क सेवा प्रभावकारी रूपमा लागू नहुनु, राजनीतिक इच्छाशक्तिको कमी र अनुगमन अभाव मुख्य चुनौतीका रूपमा देखिएका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE