बुधबार, असार १७, २०८३
Wednesday, July 1, 2026

पोल्याण्डको सत्तारुढ पार्टीका प्रवक्ता र कांग्रेस प्रवक्ता चालिसेबिच भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कको पार्टी एवं सत्तारुढ चार दलीय संसदीय गठबन्धन (संसदीय क्लब) की प्रवक्ता डोरोटा लोबोर्डासँग भेटवार्ता गरेका छन्।

पोल्याण्ड भ्रमणमा रहेका प्रवक्ता चालिसेले त्यहाँको संसद् भवनस्थित प्रवक्ता लोबोडाको कार्यकक्षमा भेट गरेका हुन् । भेटमा दुई देशबिचको कूटनीतिक सम्बन्ध र दुई पार्टीबिचको सहकार्यका विषयमा छलफल भएको प्रवक्ता चालिसेले जानकारी दिए ।

भेटमा प्रवक्ता चालिसेले वि.स. २०१६ मा वीपी कोइरालाको प्रधानमन्त्रीत्वकालमा नेपाल र पोल्यान्डबिच कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गरे । भेटमा दुई पार्टीबिच आगामी दिनमा सम्बन्ध विस्तार गर्ने र लोकतन्त्र, मानव अधिकार, जवाफदेही नागरिक सरकार, कानुनी शासनको सर्वोच्चता तथा वातावरण संरक्षणका क्षेत्रमा साझा दृष्टिकोणका साथ अघि बढ्ने विषयमा कुराकानी भएको चालिसेले बताए।
चलिसेले न्यून रहेको द्विपक्षीय व्यापार विस्तारका लागि नेपाली समुदायलाई प्रेरित गर्न र नेपाली विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था गर्न पोल्याण्ड सरकारसँग आग्रह गरे ।
साथै काठमाडौँमा पोल्याण्डको राजदूतावास खोल्नका लागि आवश्यक कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औँल्याए ।
पोल्याण्डमा हाल करिब १२ हजारभन्दा बढी नेपालीहरू छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x