बुधबार, माघ १४, २०८२
Wednesday, January 28, 2026

हामीले विप्लवलाई विशेष महत्व दिएका छाैं – पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूले विप्लवलाई विशेष महत्व दिएको बताउँदै जेन-जी आन्दोलनपछि भने उनी बढी विचलित र भड्किएको आरोप लगाए ।

साथै, सँगै बसेको कमरेडको हैसियतले आत्मसमिक्षा गर्न आग्रह गर्दै दाहालले अझै सबै गुमिनसकेको बताए ।

राष्ट्र अप्ठेरो परिस्थितिमा रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र जनताको चाहनाको सम्बोधनका लागि एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन् ।

विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरी केन्द्रीय सदस्यहरूसहित नेकपामा समायोजन कार्यक्रममा संयोजक दाहालले राष्ट्र जोगाउन र आन्दोलनलाई सही दिशामा अघि बढाउन कम्युनिष्ट शक्तिहरूबीच एकता ऐतिहासिक आवश्यकता भएको बताए ।

उनले नेकपा गठन कुनै आवेगमा नभई देशको असहज र असाधारण परिस्थितिमा नेतृत्वले खेल्नुपर्ने भूमिकालाई आत्मसात् गर्दै गरिएको स्पष्ट पारे ।

उनले भने, ‘राष्ट्र अप्ठेरोमा छ । राष्ट्र जोगाउन, आन्दोलन जोगाउन, जनताको चाहनाको सम्बोधन गर्न एकतावद्ध हुनुको विकल्प छैन । यो आजको ऐतिहासिक आवश्यकता हो । नेकपा पार्टी गठन कुनै आवेगमा गरिएको होइन ।’

उनले विप्लव नेतृत्वले सम्भव भएसम्मका कम्युनिष्ट घटकहरूलाई एकतामा समेटेर शक्ति आर्जन गर्ने अवसर गुमाएको टिप्पणी गरे ।

‘राष्ट्रको आजको असहज र असाधारण परिस्थितिमा नेतृत्वले खेल्नुपर्ने भूमिकालाई आत्मसाथ गरेर तमामा कम्युनिष्ट आन्दोलनका सम्भव भएसम्मका घटकहरूलाई एकता गरेर शक्ति आर्जन गर्ने अवसर विप्लव नेतृत्वले गुमाउनु भएको छ । विप्लव नेतृत्व ठूलो सम्मान पाउँदै हुनुहुन्थ्यो एकतामा,’ उनले भने ।

संयोजक दाहालले आफूहरूले विप्लवलाई विशेष महत्व दिएको बताउँदै जेन-जी आन्दोलनपछि भने उनी बढी विचलित र भड्किएको आरोप लगाए ।

साथै, सँगै बसेको कमरेडको हैसियतले आत्मसमिक्षा गर्न आग्रह गर्दै दाहालले अझै सबै गुमिनसकेको बताए ।

उनले भने, ‘विप्लवजीलाई अलि बढी महत्व दिने गरेका थियौँ । तर जेन-जी आन्दोलनपछि विप्लव नेतृत्व बढी नै भड्किनु भयो । धेरै नै विचलित हुनुभयो । ठूलो भूमरीमा फस्नुभयो । विप्लवसँग हाम्रो कुनै घृणा आक्रोश छैन । तर सँगै बसेको कमरेडको नाताले पनि म भन्न चाहन्छु तपाईंले आत्मसमीक्षा गर्ने यो बेला हो । अझै सबै गुमिसकेको छैन, आत्मसमीक्षा गरेर एकतामा आउनु भयो भने हामी तयार छौँ । देश असहज परस्थितिमा छ । हामी एकतावद्ध भएर देशव्यापी अभियानमा गएनौं भने देश अर्को दुर्घटनातिर जान सक्छ ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x