एमाले पार्टी विभाजनको दिशातर्फ जान सक्ने ओलीकाे संकेत
काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पार्टी विभाजनको दिशातर्फ जान सक्ने भन्दै गम्भीर आरोप लगाएका छन् ।
बागमती प्रदेशको सुझाव संकलन कार्यक्रमपछि गुन्डुमा भएको भेटमा ओलीले उनीहरू पार्टी पुनर्गठनको नाममा एमाले फुटाउने योजनामा लागेको टिप्पणी गरेका थिए ।
उनले पौडेल र पोखरेलको भूमिकाप्रति असन्तुष्टि जनाउँदै कडा आलोचना समेत गरेका थिए ।
उक्त कार्यक्रममा अधिकांश नेताहरूले भने पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका थिए ।
केही नेताहरूले ओलीबिनाको एमाले सम्भव नहुने मतसमेत राखेका थिए भने केहीले पुनर्गठन अनिवार्य भएको बताएका थिए ।
विष्णु पौडेलले पुनर्गठन आवश्यक रहेको अभिव्यक्ति दिएका थिए भने शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत पार्टी एकता र जनभावनाको सम्मानमा जोड दिएका छन् ।
यसरी एमालेभित्र पुनर्गठन कि नेतृत्व विवाद भन्ने बहस तीव्र बनेको देखिन्छ ।


WRITE COMMENTS FOR THIS ARTICLE